काठमाडौं । साताको अन्तिम दिन नेप्से सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
यो साता १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको ४७ लाख ५४ हजार ५ सय २० कित्ता सेयरहरु कारोबार भएका छन् । जुन गत साताको भन्दा ३१.३२५ ले कम हो ।
गत साता २ अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँको ६१ लाख १२ हजार ३ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर बिहीबार ११९३.३९ अंकमा आइपुगेको छ ।
यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३९ अंकले घटेर २५१.४२ अंकमा आइपुगेको छ । यो साता कारोबार रकमको आधारमा प्राइम लाइफ इन्सुरेन्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यो इन्सुरेन्सको ३५ करोड ८० लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी, कारोबार भएको सेयर संख्याको आधारमा पनि प्राइम लाइफ इन्सुरेन्सको संस्थापक सेयर नै अग्रस्थानमा रहेको छ । प्राइमको १२ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै, कारोबार संख्याको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया