काठमाडौं। नोबेल एकेडेमीको आयोजनामा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।
पाँच दिने प्रशिक्षणमा ९० छात्राहरुको सहभागिता रहेको थियो । उनीहरुलाई तेक्वान्दोका मोहन विक तथा रञ्जना थापा र सविना भट्टराईले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेका थिए ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले खेलकुदको माध्यमबाट महिलाहरुको आत्मबल बढाउन र समाजमा निर्धक्क भएर हिड्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया