काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूमध्येमा २६ वटा बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । नेपाल बैंकको भने तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुन बाँकी नै रहेको छ ।
वित्तीय विवरण सार्वजनिक गर्नै बैंकहरूमध्येमा यस अवधिमा पनि ग्लोबल आईएमई बैंकको अग्रता कायम नै रहेको छ । गत आवको तेस्रो त्रैमासमा तीन अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएको ग्लोबल आईएमईले चालू आवको तेस्रो त्रैमासमा यस्तो नाफा बढाएर तीन अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुर्याएको छ ।
खुद मुनाफा आर्जनमा एनआईसी एसिया बैंक भने दोस्रो स्थानमा परेको छ । यद्यपि एनआईसी एसियाको खुद मुनाफामा वृद्धिको अनुपात भने सबैभन्दा उच्च रहेको छ । गत आवको तेस्रो त्रैमासमा तीन अर्ब ४६ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएको एनआईसीले चालू आवको तेस्रो त्रैमासमा यस्तो नाफा बढाएर तीन अर्ब ५० करोड ४५ लाख ९८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
चालू आवको तेस्रो त्रैमासिक अवधिमा नबिल बैंकले भने तीन अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जसअनुसार नबिल बैंक बढी नाफा कमाउने वाणिज्य बैंकहरूमध्येमा तेस्रो स्थानमा पर्न सफल भएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको थियो । यीबाहेकका अन्य बैंकहरूको खुद मुनाफा भने एकदेखि दुई अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
कुन वाणिज्य बैंकको नाफा कस्तो छ ? हेर्नुहोस् यस्तो छ वित्तीय अवस्था :
ग्लोबल आईएमई बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब ७२ करोड
ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब ५७ करोड ८२ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ६९ अर्ब आठ करोड २८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ६० अर्ब २० करोड ९६ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ८७ करोड दुई लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १७ प्रतिशत रहेको थियो ।
एनआईसी एसिया बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब ५० करोड
एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ५० करोड ४५ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंंकको यस्तो नाफा तीन अर्ब ४६ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ९६ अर्ब १७ करोड ६१ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५७ अर्ब ६७ करोड ९१ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा आठ अर्ब २५ करोड ६४ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । चार दशमलव ४० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ८७ अर्ब दुई करोड ४७ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ४८ अर्ब ७७ करोड तीन लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ५८ करोड ४३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्रतिशत रहेको थियो ।
नबिल बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब ३५ करोड
नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ५९ करोड दुई लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब १६ करोड ७५ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३३ अर्ब ४७ करोड ४४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९८ अर्ब दुई करोड १४ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब नौ करोड ६९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव २० प्रतिशत रहेको थियो ।
सिभिल बैंकको तेस्रो त्रैमासिक नाफा ९० करोड ४१ लाख
सिभिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० करोड ४१ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ७० करोड ४० लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ६८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंंकले ८८ अर्ब ६३ करोड ४८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब तीन करोड ७६ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५४ करोड तीन लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।
माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ५५ करोड
माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५५ करोड १७ लाख ७२ हजार छ सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब २९ करोड छ लाख १२ हजार नौ सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४१ अर्ब आठ करोड आठ लाख २१ हजार पाँच सय ९१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३१ अर्ब १७ करोड २७ लाख ९७ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ६० करोड २८ लाख ६६ हजार एक सय ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ८२ लाख ९९ हजार ६३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा तीन अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य चार प्रतिशत रहेको थियो ।
नेपाल बंगलादेश बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ११ करोड
नेपाल बंगलादेश बैंकले बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ११ करोड ११ लाख ३७ हजार एक सय ८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ६३ करोड ८४ लाख नौ हजार छ सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब आठ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ अर्ब दुई करोड १५ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ९३ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव शून्य पाँच प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ६४ लाख ६९ हजार नौ सय ७५ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६८ करोड ६१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९८ करोड ३५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १५ प्रतिशत रहेको थियो ।
सेञ्चुरी कमर्सियल बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब एक करोड
सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब दुई करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब १४ करोड १६ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब सात करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९१ करोड ७९ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६० प्रतिशत रहेको थियो ।
एभरेष्ट बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ५१ करोड
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६१ अर्ब ७९ करोड ६४ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब २८ करोड ४६ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ५० करोड ५६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शून्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ७९ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६० अर्ब २२ करोड दुई लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड ७२ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८१ करोड ४३ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३६ प्रतिशत रहेको थियो ।
एनएमबी बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब ६६ करोड
एनएमबी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ४२ करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा स्प्रेड दर तीन दशमलव ५४ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ४८ करोड ९२ लाख ८६ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब ५१ अर्ब एक करोड ४१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३७ प्रतिशत रहेको थियो ।
प्राइम कमर्सियल बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब ७२ करोड
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७२ करोड २० लाख २० हजार एक सय ९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंंकको यस्तो नाफा दुई अर्ब ८१ करोड ७६ लाख ७६ हजार तीन सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब दुई करोड ७९ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ६६ करोड ७३ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ६३ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १० प्रतिशत स्प्रेड दर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ४० करोड ६४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्रतिशत रहेको थियो ।
प्रभु बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ७५ करोड
प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब १० करोड ९६ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ७१ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ८५ करोड पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८३ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५० प्रतिशत रहेको थियो ।
कुमारी बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ८० करोड
कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८० करोड २७ लाख ७१ हजार पाँच सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ८० करोड ८४ लाख ८३ हजार पाँच सय ३० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६५ अर्ब ५४ करोड ३६ लाख ७७ हजार पाँच सय ७८ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५५ अर्ब ९३ करोड ३५ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ४२ करोड ४९ लाख २९ हजार पाँच सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव १९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८७ करोड १६ लाख ७६ हजार सात सय ९९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४५ अर्ब ८३ करोड ८२ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ८९ करोड ७९ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८२ करोड ७२ लाख १७ हजार सात सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव १९ प्रतिशत रहेको थियो ।
बैंक अफ काठमाण्डूको तेस्रो त्रैमासिक नाफा ८७ करोड सात लाख
बैंक अफ काठमाण्डू (बीओके)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८७ करोड सात लाख ८१ हजार चार सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफाा एक अर्ब १६ करोड ९३ लाख ४२ हजार छ सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब २० करोड नौ लाख ८८ हजार आठ सय ९८ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ९१ करोड ८५ लाख ७३ हजार दुई सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ७९ करोड ९७ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४० करोड २५ लाख २६ हजार चार सय १९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब तीन अर्ब ४१ करोड ३४ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड ८१ लाख ५६ हजार एक सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव २६ प्रतिशत रहेको थियो ।
नेपाल एसबीआई बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ३० करोड
नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८७ करोड ८६ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब ५८ करोड २१ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ४७ करोड ५१ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ८५ करोड ४२ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब २३ करोड ८४ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ९५ करोड १२ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३३ प्रतिशत रहेको थियो ।
कृषि विकास बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ९० करोड
कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९० करोड ३९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब सात करोड ३० लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६० अर्ब ३६ करोड ७५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ९५ करोड ९८ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा चार दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा ९८ करोड ६४ लाख ३३ हजार आठ सय २३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ४९ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ५९ करोड ८३ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ४२ करोड ८६ लाख सात हजार तीन सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको थियो ।
सिद्धार्थ बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब आठ करोड
सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ८५ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब छ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८९ अर्ब छ करोड ९० लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ३७ करोड ४२ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ७६ करोड १३ लाख ५६ हजार चार सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब एक करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ८० अर्ब ९२ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५८ अर्ब ५७ करोड ९२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ९३ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९० प्रतिशत रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब ६१ करोड
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब २७ करोड ८५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ४५ अर्ब १९ करोड ५९ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब आठ अर्ब १९ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ३२ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा तीन दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ५० करोड ९० लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंंकले दुई खर्ब ६३ अर्ब ८३ करोड ६७ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ८७ करोड नौ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ३४ करोड ५९ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४० प्रतिशत रहेको थियो ।
एनसीसी बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ४८ करोड
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ३९ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २५ अर्ब ६६ करोड २९ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १६ अर्ब ८८ करोड ३६ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ७३ करोड ८१ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९७ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब ६६ करोड ७१ लाख ५२ हजार पाँच सय ९० रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ५८ करोड २१ लाख ६७ हजार छ सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब १५ करोड ८९ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा तीन दशमलव ७४ प्रतिशत स्प्रेड दर रहेको थियो ।
हिमालयन बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ३९ करोड
हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ दाख २५ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ४१ करोड २९ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ३६ करोड १९ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४८ करोड ६७ लाख २१ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब दुई करोड १० लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब चार करोड ८१ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ७१ करोड नौ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३५ प्रतिशत रहेको थियो ।
लक्ष्मी बैंकको तेस्रो त्रैमासिक नाफा ८५ करोड ८९ लाख
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४६ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३५ अर्ब २६ करोड ९४ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब ९२ करोड ५६ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव आठ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६५ करोड ८९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १४ अर्ब ६० करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब २१ करोड ३३ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ३५ करोड २६ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५९ प्रतिशत रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनलको तेस्रो त्रैमासिक नाफा एक अर्ब ५८ करोड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४४ अर्ब ८६ करोड १२ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३२ अर्ब १७ करोड ३८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ६८ करोड ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७१ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८६ करोड ६७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ९१ करोड २० लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५४ करोड आठ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६६ प्रतिशत रहेको थियो ।
स्टान्डर्ड चार्टर्ड बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ६२ करोड
स्टान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६२ करोड ८७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४८ करोड २९ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ५८ करोड ५९ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ४७ करोड १० लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा दुई दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा एक अर्ब १६ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८७ अर्ब ५६ करोड ४२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ४० करोड ८६ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब ४७ करोड
नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ८४ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८० अर्ब दुई करोड १३ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब २१ करोड सात लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४७ करोड २४ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५६ अर्ब ८१ करोड ६६ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २९ करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५७ प्रतिशत रहेको थियो ।
सनराइज बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब २७ करोड
सनराइज बैैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २७ करोड ७३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १३ करोड ४२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब ११ करोड ८९ लाख २८ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब ११ करोड ८२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ६१ करोड ७८ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब पाँच करोड ३० लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १३ करोड ७० लाख २८ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड छ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५७ करोड एक लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६८ प्रतिशत रहेको थियो ।
सानिमा बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ५९ करोड
सानिमा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५९ करोड २६ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ८५ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४६ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब २४ करोड ४६ लाख २ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ३५ करोड ७२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ७३ करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १९ अर्ब सात करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब २७ करोड २० लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव सात प्रतिशत रहेको थियो ।
मेगा बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब एक करोड ४५ लाख
मेगा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब एक करोड ४५ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको वितरणयोग्य नाफा भने ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३५ करोड ५४ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब आठ करोड ८२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६२ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया