काठमाडाैं : पञ्चकन्या मार्इ हार्इड्रोपावरले सर्वसाधारणका लागि खुलाएको ११ लाख कित्ता साधारण शेयर (अार्इपीअो) का लागि १ अर्ब रूपैयाँ बराबरको अावेदन परेको छ ।
पञ्चकन्याले प्रतिकित्ता १ सय रूपैयाँका दरले ११ करोड रूपैयाँ बराबरको ११ लाख कित्ता अार्इपीअो निष्काशन गरेको छ । अार्इपीअोमा अावेदन दिने म्याद शुक्रबार (साउन ४ गते) सम्मका लागि तोकिएको थियो ।
शुक्रबार बेलुकीसम्ममा १ लाख ४५ हजार लगानीकर्ताले १ अर्ब रूपैयाँ बराबको १ करोड कित्ताका लागि अावेदन दिएको बिक्री प्रबन्धक सनरार्इज क्यापिटलले जानकारी दिएको छ । मागभन्दा झन्डै १० गुणा धेरै अावेदन परेको छ । विभिन्न बैंकमा अावेदन दिएका र र अनलार्इनबाट शेयर भरेकाहरूको अन्तिम तथ्यांक अझै सार्वजनिक भएको छैन ।
पञ्चकन्याले साउन १ गतेदेखि ४ गतेसम्म म्याद राखेर ११ लाख कित्ता अार्इपीअोका लागि खरिद अावेदन माग गरेको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आर्इपीओ वितरण गरिसकेको छ । बिक्री खुला भएको ११ लाख कित्तामध्ये कम्पनीका कर्मचारीलार्इ ११ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५५ हजार कित्ता छुट्यार्इएको कम्पनीले जानकारी दिएको छ । बाँकी १० लाख १ हजार कित्ता शेयर सर्वसाधारणलार्इ मात्र बेचिनेछ ।
१ अर्ब १० करोड चुक्ता पूँजी रहेको यो कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ११ करोड रूपैयाँ बराबरको आर्इपीओ सर्वसाधारणका लागि छुट्याएको हो । पञ्चकन्याको आर्इपीओले र्इक्रा रेटिङ – ४ प्राप्त गरेको छ ।
१२ मेगावाटको अपरमार्इसँगै यो कम्पनीले थप ६.१ मेगावाटको मार्इ क्यास्केड आयोजना पनि बनार्इसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया