डा. केसीसँग वार्ता गर्न अोलीलार्इ देउवाको सुझाव

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । 

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएका हुन् ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?