नासाको सूर्य छुने ‘सूर्य स्पर्श’ अभियान

एजेन्सी: अमेरिकाको अन्तरिक्ष अध्ययन प्रतिष्ठान नासाले ‘सूर्य स्पर्श’ नामक महत्वाकांक्षी अभियान अगाडि बढाउने भएको छ ।

अन्तरिक्ष अभियान अन्तर्गत  यसअघि सूर्यमा जाने कार्य कहिल्यै भएको थिएन्  ।

पार्कर सोलर प्रोब सूर्यको सतहको ३८लख माइलसँग हुने नासाले जनाएको छ ।

सूर्यको बाहिरी वायुमण्डल कोरोना भएर यो प्रोबले उडने र यसले  सौर्य प्रणालीकोमा भएका कणरूका विभिन्न गतिविधिका  महत्वपूर्ण जानकारी दिने छ। 

यसले दशौं लाख डिग्री तापक्रम यो क्षेत्रमा हुन्छ ।

कुनै व्यक्तिले यत्रो विशाल तापक्रममा कुनै अन्तरिक्ष यान जोगिएला भन्ने सोच्नु टाढाको विषय हो ।तापतक्रबाट जोगिन ढाल बनाएर पनि कुनै अन्तरिक्ष यान क्षण भरमै पग्लिन्छ ।

तर नासाले यो यात्राका लागि सर्वोच्च शक्ति अनुसन्धान तय गरेको छ ।

यत्रो विशाल तापक्रममा कणहरूको तीव्रगतिमा हुने गतिविधि र यसले कणलाई कुनै वस्तुमा गर्ने रूपान्तरणको विषयको अध्ययनका लागि नासाले यो अभियानलाई अगाडि बढाइरहेको छ ।

अन्तरिक्षको खालीपनामा कणहरू उच्च गतिमा गतिमान हुन्छन् । तर ती कणहरूमा केहीले मात्र ऊर्जामा रूपान्तरित हुन्छन् ।

यसको अर्थ संख्याका आधारमा तय गरिने ताप उनीहरूबाट उत्पन्न हुँदैन् भन्ने हो ।यो बुझाई तातो पानीको बारेमा मानिसहरूले गर्ने जस्तै हो ।

तातो पानीमा हात हाल्दा धेरै गर्मी होला भन्ने सोचाइ जस्तो हो । चुलोले पानीलाई तताएको जस्तै तापक्रम पानीमा हात हाल्दा हुने सोचाई मानिसमा हुन्छ ।

यो नियम सूर्यको कोरोनामा पनि कार्यान्वयन हुनेछ । यो सूर्यको सतहजस्तै घनीभूत हुँदैन् ।

यसको अर्थ सोलार प्रोब वायुमण्डलमा प्रवेश गर्छ । यसले केही हजार डिग्रीको ताप अनुभव गर्छ ।

यो मोटामोटी १ हजार ४ सय डिग्री सेल्सियस तदनुसार २ हजार ५ सय डिग्री फरेनहाइटसम्मको ताप यसले अनुभव गर्छ ।

दुई कार्बन प्लेटको स्यान्डविच कार्बन कम्पोजिटको फोम हालेर ताप ढाल बनाइएको छ ।

४.५ इन्च बाक्लो यो ढालले सूर्यको सामुने हुनेछ । सेतो सेरामिकले रंगिएको यो ढालले सक्दो तापलाई परावर्तित गर्छ ।

यो अन्तरिक्ष यानको परीक्षण १६५० डिग्री सेल्सियस तदनुसार ३ हजार डिग्री फरेनहाइटसम्मको तापमा परीक्षण गरिएको छ ।

यो ढालको बाहिरी भागलाई सूर्यको कुनै तहको तापबाट सुरक्षित रहने गरी बनाइएको छ ।

यो तापक्रमको तह २ हजार ५सय डिग्री सेल्सियस वा ४ हजार ५ सय डिग्री फरेनहाइट तापक्रमबाट सूर्यबाट आउन सक्ने अनुमान गरिएको छ ।

यसमा विद्युतीय क्षेत्र निर्माण गरिरहने चीपसमेत जडान गरिएको छ ।

यसले आवेशित कणको प्रवाह र निओबियमले बनेको विद्युतीय वायरिंगको मापन गर्ने उपकरण बनाइएको छ ।

यसका साथै सूर्यको चरम चापको सामना गर्न नपर्ने गरी यो ढालको सेन्सर बोर्ड तयार पारिएको छ ।

यो सहासिक यात्राको त्रद्दmममा समग्र अन्तरिक्ष यानलाई चीसो पारिरहन दबावकृत आयोनहीन पानी (प्रेसराइज्ड डिआयोनाइज्ड वाटर)को उपयोग गरिने नासाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?