एजेन्सी : अमेरिकाले जंगल राज चलाइरहेको जनाउँदै फ्रान्सका वित्तमन्त्री ब्रुनो ले मारिले व्यापार युद्ध अहिलेको यर्थाथ भएको बताएका छन् ।
अर्जेन्टिनामा जी ट्वेन्टीका मन्त्रीहरूको जमघट भइरहेका बेला उनले यस्तो बताएका हुन् ।
उनले भने “अमेरिकाले एकतर्फ महशुल थोपरेर जंगल राज चलाई रहेको छ ।”
तर अमेरिकी खजाना मन्त्री स्टिभन म्नुचिनले अमेरिकाले लगाएको महशुललाई बचाउ गरे ।
उनले युरोपेली युनियन र चीनलाई बजारमा स्वतन्त्र प्रतिस्पर्धालाई खुलाउन आग्रह गरे ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियन व्यापारको शत्रु भएको टिप्पणी गरे ।
त्यसपछि ट्रम्पले ५ खर्ब अमेरिकी डलर बराबर चिनियाँ वस्तुमा महशुल लगाउने चेतावनी दिए ।
युरोपेली युनियनका २८ सदस्य र चीन दुबैसँग अमेरिकाको ठूलो व्यापार घाटा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया