काठमाडाैं : विश्व हिन्दु महासंघका अध्यक्ष एवं पूर्व जर्नेल भरतकेशर सिंहको अार्इतबार बिहान निधन भएको छ ।
पिसाबसम्बन्धी समस्या र पछि निमोनिया देखिएपछि ८२ बर्षीय सिंह वयोधा अस्पतालमा उपचाररत थिए । वयोधा अस्पतालले हृदयघातका कारण सिंहको मृत्यु भएको जनाएको छ ।
अन्तिम श्रद्दाञ्जलीका लागि सिंहको पार्थिव शरीरलार्इ दिउँसो साढे १२ बजे बनकालीमा राखिने र त्यसपछि पशुपति अार्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।
सिंह पूर्वशाही पार्श्ववर्ती (राजाका अंगरक्षक) हुन् । ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण शासकीय अधिकार अाफ्नो हातमा लिँदै शाही कु गरेपछि सिंहले राजनीतिक दलहरूमाथि चर्को अालोचना गर्दै चर्चामा अाएका थिए ।
लामो समय तत्कालीन दरबारको सेवामा बिताएका सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया