भारतले स्यानेटरी न्यापकिनको कर हटायो

एजेन्सी : भारत सरकारले स्यानेटरी न्यापकिनमाथि लगाएको वस्तु तथा सेवाकर (जीएसटी)लाई हटाउने निर्णय गरेको छ ।

जवाहर लाल युनिभर्सिटीमा विद्यावारिधि गरिरहेकी २७ वर्षीया जरमीनाले दिल्ली उच्च अदालतमा दिएको ऊजुरी दिएकी थिइन् ।

 उनको त्यो ऊजुरी पछि भारतको केन्द्रीय सरकारले स्यानिटरी न्यापकिनमाथि लगाएको जीएसटी हटाउने निर्णय गरेको हो ।

जरमीनाले अदालतमा सिन्दुर, बिन्दी , गाजल र कन्डोममा जीएसटी नलगाउने भएपछि स्यानटरी न्यापकिन महिलाहरूको लागि नभइ नहुने वस्तु भएकोले यसमा लगाइएको कर अन्यायपूर्ण भएको

जिकिर दाबी लिएकी थिइन् ।

स्यानटरीलाई अहिलेसम्म विलासिताको बस्तुमा राखेर जीएसटी लगाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?