फ्रान्स । स्पेनका ओमार फ्राइलेले जारी टुर डि फ्रान्स साइक्लिकको १४ औं चरणको रेश पहिलो स्थानमा पुरा गर्न सफल भएका छन् ।
शनिबारराति सम्पन्न सेन्ट पाउलदेखि मेन्डेसम्मको १ सय ८८ किलोमिटरको रेश फ्राइलेले ४ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा पुरा गरेका हुन् ।
४ घण्टा ४२ मिनेट २ सेकेन्डमा रेश पुरा गरेका फ्रान्सका जुलियन एलाफिलिप्पे दोस्रो भए । त्यस्तै, बेल्जियमका जास्पेर स्टाइभेन तेस्रो भए ।
समग्रमा अहिलेसम्म ग्रेट ब्रिटेनका ‘स्काई टिम’ गेनाइट थोमस शिर्ष स्थानमा रहेका छन् । उनले अहिलेसम्म ५८ घण्टा १० मिनेट ४४ सेकेन्डमा रेश पुरा गरेको ‘टाइमिङ’ राख्दै पहिलो स्थानमा रहेका हुन् ।
स्काई टिमकै क्रिश फोम दोस्रो स्थानमा छन् । उनले थोमसभन्दा मात्र १ मिनेट ३९ सेकेन्डमा रेश पुरा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया