काठमाडौं । मिस नेपाल-२०२२ को देशव्यापी अडिसन सुरु भएको छ । पोखराको लेकसाइडमा आइतबार भएको अडिसनमा २५ जना युवतीले भाग लिए ।
अडिसनमा पूर्वमिस नेपाल मलिना जोशी र पूर्वमिस नेपाल इन्टरनेसनल मीरा कक्षपति निर्णायकको रुपमा थिए ।
बाँकी अडिसन वैशाख १३ गते वीरगञ्ज, २० गते नेपालगञ्ज र सुर्खेत, २३ गते धनगढी र २५ गते धरानमा हुने आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।
यसपटक सुप्रान्यासनल विधालाई हटाएर मिस वल्र्ड, इन्टरनेसनल र अर्थ टाइटललाई निरन्तरता दिइएको छ ।
असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया