काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ११.७३ अंकले घटेको बजारमा २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
आजको कारोबरमा १६३ कम्पनी सामेल भए । फाइनान्स समुह बाहेक सबै समुहमा गिरावट आएको छ । फाइनान्स समुह २.९९ अंकले बढेको छ ।
सबैभन्दा बढी निर्जिबन बिमा तार्फ ११०.६ अंकको गिरावट आएको छ । यस्तै जिवन बिमा तर्फ ७०.२८ अंकको गिरावट आएको छ ।
होटल समुह ३४.५७ अंकले घट्दा माइक्रोफाइनान्स तर्फ ३२.९३ अंकको गिरावट छ । बैकिङ समुह, विकास बैंक समुह, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समुह घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया