भरत खवासले किन खेल्न नपाउने भए इन्डोनेसियामा हुने एशियन खेल?

काठमाडौं। भरत खवास, नेपाली राष्ट्रिय टिमका भरपर्दा स्ट्राइकर हुन्। 

भरतले सन् २००८ देखि राष्ट्रिय टिममा नियमित सहभागिता जनाउनु मात्र हैन्, उनकै केही महत्वपूर्ण निर्णायक गोलले नेपाललाई जित पनि दिलाए ।  

तर उनी के कारणले राष्ट्रिय टिममा परेनन्, ऊ बिनाको ‘एसियन च्याम्पियनसिप’ कस्तो होला? यो सबैको चासोको विषय बन्न सक्छ । तर, इन्डोनेशियाको जार्कातामा हुने १८ औं एसियाली खेलकुदमा भने भरतले नखेल्ने पक्कापक्की भएको छ । कारण ‘लेग इन्जुरी’

‘भरत राम्रो खेलाडी हो हामी सबैलाई थाहाँ छ, तर उसले नियमित रुपमा ट्रेनिङ गर्न सकिरहेको छैन् । इन्जुरीले गर्दा भरतलाई फिट हुन अझै समय लाग्छ । अब भरतको स्थानमा विशाल राईले खेल खेल्नेछ ।’

‘ग्रोइन इन्युरी’ का कारण फिट नभएका भरत यसपालि राष्ट्रिय टिममा अटाउन नसकेका हुन् । नेपालका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले भरतले ‘एसियन गेम्स’ मा सहभागि नहुने जानकारी दिएका हुन् ।

‘भरत राम्रो खेलाडी हो हामी सबैलाई थाहाँ छ, तर उसले नियमित रुपमा ट्रेनिङ गर्न सकिरहेको छैन् । इन्जुरीले गर्दा भरतलाई फिट हुन अझै समय लाग्छ । अब भरतको स्थानमा विशाल राईले खेल खेल्नेछ ।’ उनले भने ।

यता स्ट्राइकर भरतले भने कुनै अफिसियल रुपमा जानकारी नआएको बताएका छन् । तर प्रशिक्षकले गरेको निर्णय नै अन्तिम हुने भन्दै उनले कुनै गुनासो नरहेको बताए । खवासले राष्ट्रिय टिमबाट नियमित रुपमा प्रशिक्षण गर्न नसकेको पनि जानकारी दिए । 

‘मैले रेगुलर ट्रेनिङ नगरेको तीन साता जति भयो । म दैनिक ट्रेनिङ गर्ने ठाँउमा जान्छु, अरु साथीहरु निक्कै मेहनत गरेर ट्रेनिङ गरिरहेका छन्, तर म त्यसरी ट्रेनिङ गर्न सक्दिन् । मैले ट्रेनिङ गर्दै नगर्ने भन्ने चाही होइन् तर हल्का गर्छु ।’, उनले लोकपथलाई भने । 

साथै, एसियन गेम्स खेल्न नपाउँदा दुःख लागेको पनि बताए । ‘च्याम्पिनसिप खेल्न नपाउँदाको पिडा खेलाडीलाई मात्र थाहाँ हुन्छ । मलाई पनि अहिले त्यस्तै भइरहेको छ । मेरो इन्जुरीले गर्दा मैले महत्वपूर्ण च्याम्पियनसिपहरु गुमाइसकेको छु । अहिले पनि म रेस्टमा छु, सायद भोली (सोमबार) देखि रेगुलर ट्रेनिङमा जान्छु ।’ उनले थपे ।  

भरतले अहिले पनि फिजियोथेपारी गरिरहेको पनि जानकारी दिए । 

‘मैले रेगुलर ट्रेनिङ नगरेको तीन साता जति भयो । म दैनिक ट्रेनिङ गर्ने ठाँउमा जान्छु, अरु साथीहरु निक्कै मेहनत गरेर ट्रेनिङ गरिरहेका छन्, तर म त्यसरी ट्रेनिङ गर्न सक्दिन् । मैले ट्रेनिङ गर्दै नगर्ने भन्ने चाही होइन् तर हल्का गर्छु ।’

सन् २०१६ मा मलेसियामा सम्पन्न सोलिडारिटी कप फुटबलमा पनि खबासले हातको शल्यक्रिया गरेको २२ दिनमा नै नेपाली टिमको प्रतिनिधित्व गर्दै खेल खेलेका थिए । गत जुन २९ देखि जुलाई २ सम्म अमेरिकामा भएको ‘नेशनल अमेरिकन कन्भेन्सन’ मा खवास सहित कप्तान बिराज महर्जन र नबयुग श्रेष्ठ सहभागी भएका थिए । त्यतिबेला पनि खबास घाइते नै थिए । 

भरतले राष्ट्रिय टिमबाट कुल ४१ खेलमा सहभागिता जनाउँदै ९ गोल गरिसकेका छन् । सन् २०१२ मा युरोपियन क्लबमा ट्राइल दिन गएपनि उनी सफल भने हुन सकेको थिएन । 

को हुन् भरत खबास 

सानै उमेर देखि फुटबलमा लगाव राख्ने खवास अखिल नेपाल फुटबल संघ (एन्फा एकाडेमि) को उत्पादक खेलाडी हुन् ।

वि.स. २०४८ सालमा मोरङको हरैंन्चा पच्छाममा जन्मिएका खबासले सन् २००६ मा संकटा युथ क्लबबाट व्यवसायिक खेल्न शुरु गरेका हुन् । १ वर्ष त्यहि बिताएका उनले ए डिभिजन क्लब फ्रेण्ड्स क्लबबाट खेल खेले ।

४ वर्ष फ्रेण्ड्स क्लबसँगको सम्झौता सकिएपछि उनी विभागिय टिममा आबद्ध भए । सन् २०११ देखि नेपाल पुलिस क्लबबाट खेल खेले ।

त्यसयता खवासले आर्मी क्लबबाट खेल खेलिरहेका छन् ।

उनको कप्तानीमा आर्मी क्लबले गतवर्ष ७ वटा ‘मोफसल’ प्रतियोगिताको उपाधि जितेको थियो । 

अन्तर्राष्ट्रिय गोल
सन् २०११ जुलाई २८ मा सम्पन्न जार्डनविरुद्धको फिफा विश्वकपको छनोट खेलमा सवासले पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए । त्यतिबेला नेपाल र जोर्डन एक—एक गोलको बराबरीमा रोकिएको थियो । 

सन् २०११ डिसेम्बर ६ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिपका दौरान भरतको महत्वपूर्ण एक गोलको मदतले नेपालले पाकिस्तानलाई १—० ले हराएको थियो । 

सन् २०१३ मार्च २ मा सम्पन्न एएफसी च्यालेन्स कपको छनोट अन्तर्गत भरतको ह्याट्रिकको मदतमा नेपालले नर्थन मरियना आइल्याण्डलाई ६—० को फराकिलो गोल अन्तरले हराएको थियो । त्यतिबेला भरतले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका हुन् । उनले खेलको चौँथो, ४१ औं र ७२ औं मिनेट गोल गर्दै पहिलो ह्याट्रिक गरे । 

सन् २०१३ अगस्ट ३१ मा घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिपका दौरान उनले बंगलादेशविरुद्ध गोल गरे । त्यतिबेला अनिल गुरुङले १८ औं र खवासले ३१ औं मिनेटमा गोल गरेका थिए । त्यतिबेला नेपालले बंगलादेशलाई २—० गोलले पाखा लगाएको थियो । 

सन् २०१६ नोभेम्बर ८ मा मलेसियामा सम्पन्न सोलिडारिटी कपमा उनले बु्रनई विरुद्धको खेलमा ७२ औं मिनेटमा गोल गरे । त्यतिबेला फाइनल खेलमा नेपालले बु्रनईलाई ३—० गोलले पराजित गरेको थियो । फाइनल खेलमा मकाउलाई पन्छ्याउँदै नेपालले उपाधि उचालेको थियो । 

एसियन गेम्समा नेपाल समूह ‘डी’ मा परेको छ । समूहमा नेपालसहित पाकिस्तान, भियतनाम र जापान रहेको छ । यो समूहमा रसियामा सम्पन्न फिफा विश्वकपमा सहभागि जापानलाई बलियो टिमको रुपमा हेरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?