बाबुराम गौतम र प्रमोद पन्तको ‘म कति रुनी’ सार्वजनिक

लोकपथ
196
Shares

काठमाडाैं । लामो समय सरकारी सेवामा कार्यरत टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको शब्दमा ‘म कति रुनी’ बोलको गीत सार्वजनिक भएको छ ।

शारदा रसाइली र सन्दिप परियारको आवाज रहेको गीतमा प्रमोद पन्तको सङ्गीत र नारायण दङ्गालको एरेन्ज रहेको छ।

आधुनिक तथा पप सङ्गीतमा राम्रो सिर्जना गर्दै आएका सङ्गीतकार पन्त लोक सङ्गीतमा पनि उत्तिकै अब्बल देखिएका छन् ।

मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ।

गीतलाई ‘पीपीएम म्युजिक क्रियसन’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?