२३ सदस्सीय महिला टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने यू—१५ महिला साफ च्याम्पियनसिपको लागि २३ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

अगष्ट ९ देखि १८ गतेसम्म भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालसँगै पाकिस्तान र बङ्गलादेश पनि एकै समूहमा रहेका छन् ।

छनोट भएका खेलाडीहरुमा गोलरक्षक पुजा थापा, करिना धिमाल र  सावित्री किसान रहेका छन् । 

त्यस्तै, डिफेन्डरमा सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर र मनमाया परियार छन् । यता मिडफिल्डरमा सबिता राना मगर, प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, पुनम घिमिरे, अस्मिता चौधरी र सरस्वती हमाल छन् । 

त्यस्तै, फरवार्डमा चन्द्रा भण्डारी, रजनी थोकर,  निकिता थोकर र अनुष्का शेर्पा छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?