एजेन्सी: चिनियाँ राष्ट्रपति सी जिनपिनले श्रीलंकालाई २९ करोड ५० लाख अमेरिकी डलर बराबरको नयाँ सहयोग प्रस्ताव गरेको छ ।
बेइजिंगको बहुदेशीय पूर्वाधार परियोजना बेल्ट एन्ड रोडको साझेदार भएको श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरीसेनाले राजधानी कोलम्बोबाट २३० किलोमिटर टाढा रहेको आफ्नो चुनाव क्षेत्र
पोलोन्नारुवामा चिनियाँ सहयोगमा मृगौंला अस्पतालको निर्माणमा गर्ने घोषणा गरे ।
पूर्व राष्ट्रपति महिन्दा राजपाक्षालाई निर्वाचनमा वित्तीय सहयोग गरेको चिनियाँ कम्पनीको आलोचना भइरहेका बेला चिनियाँ अनुदान श्रीलंकालाई प्रस्ताव गरिएको हो ।
गत महिना न्यूयोर्क टाइम्सले राजापाक्षालाई चाइना हार्बर इन्जिनियरिंग कम्पनीले ७६ लाख अमेरिकी डलर बराबरको सहयोग सन् २०१५को निर्वाचनमा सहयोग गरेको उल्लेख गरेको थियो ।
चिनियाँ वित्तीय सहयोग भएपनि सिरिसेनासँगको प्रतिस्पर्धामा राजापाक्षा पराजित भए ।
चीनको २६ वर्षे सशस्त्र संघर्ष समाप्त भएपछि श्रीलंकाको पुननिर्माणमा सहयोग गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया