काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरको अनलार्इन कारोबारका लागि सम्बन्धित ब्रोकर कम्पनीबाट युजरनेम र पासवर्ड लिन शेयर लगानीकर्ताहरूलार्इ अाब्हान गरेको छ। ब्रोकर कम्पनीहरूलार्इ पनि लगानीकर्ताको युजरनेम र पासवर्ड दिन निर्देशन दिएको छ ।
अार्इतबार एक सूचना जारी गर्दै नेप्सेले सम्बन्धित संस्थामा गर्इ अाफ्नो व्यक्तिगत विवरण अध्यावधिक गर्न पनि लगानीकर्ताहरूलार्इ अाग्रह गरेको छ।
साउन १ गतेदेखि शेयर बजारमा अनलार्इन प्रणाली शुरू गरेको नेप्सेले साउन ६ गतेसम्म देशका ५० वटै शेयर ब्रोकर कम्पनीहरूले अनलार्इन प्रणाली अबलम्बन गरेको जनाएको छ ।
हाललार्इ अनलार्इन प्रणालीमा अाबद्द लगानीकर्ताले शेयरबजारमा अाफ्नो कारोबार र म्याचिङ हेर्न सक्ने, तर अाफ्नो अर्डर अाफैंले दिन चाहिँ युएटी टेस्ट गरेपछि मात्रै पाउने नेप्सेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया