धनी र गरिबमा को बढी उदार ?

एजेन्सी : हालै गरिएको एक अध्ययनमा धनीहरूको तुलनामा गरिब बढी उदार  भएको पाइएको छ ।

विश्वमा आम्दानीको असमनता तीब्रगतिमा बढी रहेको छ ।  

धन संकलन गर्ने होडबाजी बिना कुनै पश्चात चलिरहेको छ ।

यसले मानव समाजलाई ह्दयहीन अवस्थामा त पु¥याउँदैन् जस्ता प्रश्नहरूबाट अभिप्रेरित भइ गरिएको अध्ययनबाट यस्तो देखिएको हो ।

क्यालिफोर्निया विश्वविद्यालयका पल पिफले यसका लागि शृंखलाबद्ध प्रयोगहरू गरे ।

उनले धेरै धन हुने कम धन हुनेहरूको सहभागीतामा यो अध्ययन गरियो ।

यसबाट उनले धनीहरूको तुलनामा गरिबहरू बढी उदार भएको तथ्य फेला पारेका हुन् ।

समाजमा सत्ता र विशेषाधिकार एवं बढदो अनैतिकताको दुरूपयोग तीव्रगतिमा भइरहेको देखिएको छ ।

धनीहरूले आफ्नो लाभलाई तर्कसंगत बनाउन विशेषाधिकारको आड लिन्छन् ।

उनीहरूको विशेषाधिकार नै लाभको कारण भएको उनीहरूको बुझाइ हुन्छ ।

यसैगरी पिया डाइत्स र एरिक नोल्जले  सामाजिक वषर््को अन्तरका बारेमा अध्ययन गरे ।

धनीहरूको तुलनामा गरिबहरूमा ध्यान दिने , विषय र प्रसंगमा संलग्न हुन, मानिसहरूसँग सहभानुभूति दिने सम्भावना बढी हुने गरेको सो अध्ययनबाट थाहा भएको हो ।

धनीहरूमा नैतिक निर्णयलाई अँध्यारोमा राख्ने र कानुन छल्ने र तोड्ने प्रवृति हुन्छ ।

यो कार मालिकहरूको अध्ययनबाट थाहा हुन आएको छ ।

धनीहरूले अवैध र गैरकानुनी गतिविधिहरूलाई कायम राख्न आफ्नो शक्ति र विशेषाधिकारलाई उपयोग गर्ने सम्भावना धेरै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?