काठमाडाैं : चाैतारी लघुवित्त वित्तीय संस्थाले गत अार्थिक बर्षमा १ करोड २ लाख रूपैयाँ खुद नाफा गरेको जनाएको छ ।
चाैतारीले निष्काशन गरेको वित्तीय विवरणमा उल्लेख भएअनुसार अघिल्लो बर्ष ५७ लाख ५९ हजार नाफा गरेको कम्पनीले पछिल्लो बर्षमा नाफाअन्तरलार्इ भारी मात्रामा बढाएको देखिएको छ ।
गत अार्थिक बर्षभित्र २२ करोड ३७ लाख बचत संकलन, ७७ करोड ५५ लाख कर्जा परिचालन र ४४ करोड ३४ लाख रूपैयाँ सापट दिएको चाैतारीले अाफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ ।
१२ करोड ६० लाख रूपैयाँ चुक्ता पूँजी रहेको चाैतारीले जगेडाकोषमा १ करोड ४९ लाख रूपैयाँ राखेको छ ।
यो संस्थाले २०७२ पुस १९ गतेदेखि वित्तीय कारोबार थालेको हो । नेपाल राष्ट्र बैंकले चाैतारीलार्इ 'घ' वर्गको वित्तीय संस्थाको र्इजाजतपत्र दिएको छ ।
चाैतारीले केही समयभित्रै ५ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नियामक धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया