एजेन्सी : फ्रान्सेली राष्ट्रपति इम्म्यानुएल म्याक्रनले एक भिडियोमा आफ्नो कर्मचारीले प्रदर्शनकारी कुटेको देखेपछि ती कर्मचारीलाई सेवाबाटनिकालेका छन् ।
यो विवाद बढेपछि उनले मन्त्रिहरूलाई बोलाएर यसबारे निर्णय गर्न लगाएका थिए ।
म्याक्रनका पूर्व उच्च अंगरक्षक एलेग्जन्द्रे बेनालाले पेरिसमा आयोजित मे दिवसको प्रदर्शनका क्रममा एक महिलालाई लछारपछार गरेको भिडियोमा देखिएपछि उनलाई निकालिएको हो ।
एक सरकारी अधिकारीका अनुसार म्याक्रनले यो कार्य अस्वीकार्य भएको भन्दै दण्डहीनतालाई स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
म्याक्रनका अंगरक्षकले जनता पिटेपछि उनको व्यापक आलोचना हुँदै आएको छ । प्रदर्शनकारीलाई कुटपिट गर्ने प्रहरीहरूमाथि कारबाही अगाडि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया