शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

लोकपथ
98
Shares

तनहुँ । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ । सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन् । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?