एनएमबी बैंकले डेढ अर्ब रूपैयाँ विदेशी ऋण भित्र्याउँदै

काठमाडौं : एनएमबी बैंकले विश्व बैंकअन्तगर्तको अन्तरराष्ट्रिय वित्त निगम (अार्इएफसी) बाट १५ मिलियन डलर (करिब १ अर्ब ५० करोड रूपैयाँ) ऋण नेपाल भित्र्याउने भएको छ । 

नियामक नेपाल राष्ट्र बैंकले विदेशी संस्थाबाट ऋण ल्यार्इ नेपालमा लगानी गर्न पाउने व्यवस्था गरिदिएपछि एनएमबीले डेढ अर्ब रूपैयाँ ऋण काढेको हो । 

हेजिङ लागतबाहेक साढे ५% भन्दा केही कम व्याजदरमा एनएमबीले ऋण लिएको हो । करिब ११% हाराहारी ब्याजदरमा सर्वसाधारणलार्इ कर्जाका रूपमा प्रवाह गर्ने बैंकले जनाएको छ। 

यो ऋण ल्याउन राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने हुन्छ । नियामकले स्वीकृति दिएको एक साताभित्र बैंकको खातामा अार्इएफसीले रकम हालिदिनेछ । 

बैंकले लिएको विदेशी ऋणलार्इ उत्पादनमुलक क्षेत्र र पूर्वाधारमा लगानी गर्नुपर्ने नियम छ । पर्यटन र कृषि क्षेत्रमा पनि लगानी गर्न पार्इने हुनाले पूर्वाधारमा लगानी नभएमा एनएमबीले ल्याएको अधिकांश रकम कृषि कर्जाका रूपमा प्रवाह हुन सक्ने देखिएको छ । 

प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण लिन सक्ने सुविधा दिएपछि अन्य अाधा दर्जन बैंकले पनि अार्इएफसीबाट ऋण ल्याउन सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?