अक्षय कुमारले खेल्दैछन् अब्बास मस्तानको थ्रीलर फिल्म

मुम्बई । बलिउड निर्देशक जोडी अब्बास-मस्तान एकपटक फेरि थ्रीलर फिल्म बनाउँदैछन् । अब्बास-मस्तानको जोडीले बाजीगर, रेस, रेस २, ऐतराज जस्ता थ्रीलर फिल्म बनाएका छन् ।

अहिले बलिउडमा चर्चा चलेको छ कि, अब्बास-मस्तान २०१६ मा रिलिज भएको कोरियन फिल्म टनलको हिन्दी रिमेक बनाउँदैछन् । फिल्मको शूटिङ यो वर्षको अन्तसम्ममा थालिने योजना पनि उनीहरुको छ । 

कोरियन फिल्म टनलमा एक त्यस्ता व्यक्तिको कहानी छ, जसमा एक व्यक्ति आफ्नी छोरीको जन्मदिन मनाउन घर जाने क्रममा टनेलमा फस्छ । त्यहीँ हुने विभिन्न उतारचढाव फिल्मको कथा छ ।

चर्चा छ, यो फिल्ममा अक्षयकुमारलाई अफर गरिएको छ । र, उनले यो फिल्मको स्क्रिप्ट मन पराएका पनि छन् । सम्भव भएसम्म उनी नै फिल्ममा मुख्य अभिनेता बन्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?