बलिउडमा धनी नायिका, कसको छ कति सम्पत्ति ?

मुम्बई । ऐश्वर्या राय वच्चन– वच्चन खानदानकी बुहारी ऐश्वर्या केही समय चलचित्रबाट टाढा रहेकी थिइन् । अहिले पुनरागम गरिसकेकी छन् । उनी बलिउडकी सबैभन्दा अमिर हिरोइन पनि हुन् । उनको साथमा २ सय ३५ करोड सम्पत्ति रहेको छ । उनी अहिले पनि सबैभन्दा राम्रो ब्यानरको रोजाइमा पर्ने गरेकी छन् ।

प्रियङ्का चोपडा– बलिउड चलचित्रका अलवा हलिउड प्रोजेटमा समेत काम गरिरहेकी प्रियङ्का केही वर्षयता अलि सेलाएकी छन् । उनको साथ अन्य हिरोइनभन्दा धेरै कम जम्मा ५५ करोड डलर मात्र सम्पत्ति रहेको छ ।

सोनाक्षी सिन्हा – सोनाक्षी बलिउडकी सबैभन्दा कम समयमा सफल हुने अभिनेत्री हुन् । छोटो समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल यी अभिनेत्रीका साथमा अहिले १ करोड डलर सम्पत्ति रहेको छ ।

दीपिका पादुकोण – दीपिका बलिउडमा अहिले सबैभन्दा डिमान्ड र महँगी हिरोइन् हुन् । अभिनयमा भित्रिएको छोटो समयमा हिट अभिनेत्रीको सूचीमा नाम लेखाउन सफल उनीसँग पनि १ करोड डलर सम्पत्ति रहेको छ ।

विपासा वासु – बिपासा बलिउडकी सफल अभिनेत्रीमध्येकी एक हुन् । उनी हमेसा बोल्ड लुकका कारणले चर्चामा रहने गरेकी छन् । उनका साथमा अहिले १ करोड ५० लाख डलर सम्पत्ति रहेको छ । 

विद्या बालन– पाँच फिल्मफेयर अवार्ड विजेता विद्याले हम पाँच चलचित्रबाट अभिनय करियर सुरु गरेकी हुन् । योपछि उनले दुई सुपरहिट चलचित्र लगातार दिइन् । उनको साथमा पनि अहिले १ करोड ५० लाख डलर सम्पत्ति छ ।

सोनम कपुर – सोनम अमिर परिवारकी छोरी पनि हुन् । उनले बलिउडमा केही सुपरहिट चलचित्रसमेत दिएकी छन्  । ‘सावरिया’बाट चलचित्र यात्रा थालेकी सोनमका साथमा अहिले १ करोड ५० लाख डलरभन्दा बढी सम्पत्ति छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?