जिम्बावेविरुद्धको ५ खेलको श्रृङ्खलामा पाकिस्तानको ‘क्लिनस्विप’

जिम्बावे । पाकिस्तानले जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसिय श्रृङ्खला क्लिन स्विप गरेको छ । 

आइतबारराति सम्पन्न भएको पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई १ सय ३१ रनको जित पराजित गर्दै श्रृङ्खला आफ्नो पक्षमा पारेका हो । 

बुलावायो मैदानमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६४ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि  इमाम उल हकले सर्वाधिक १ सय १० रनको योगदान दिए ।

त्यस्तै, बाबर अजामले पनि सतकिय पारी खेले । उनले १  सय ६ रन जोडेका थिए । 

प्रतियोगितामा लगातार दोस्रो सतक बनाउन सफल भएका इमाम उल हकले ९ अन्तर्राष्ट्रिय खेलमा सतक सख्या ४ पुर्‍याएका छन् ।  त्यस्तै एकदिवसिय खेलमा सर्वाधिक छिटो १ हजार रन पुरा गरेका फकर जमानले ८५ रन बनाए ।

जवाफी मैदानमा उत्रेको म्बावे निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै मात्र २ सय ३३ रनमा समेटियो ।

जिम्बावेका लागि रायन मुर्रेले ४७, पिटर मोरले ४४ तथा  प्रिन्स मासभार्रेले ३९ रन जोडेका थिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?