काठमाडौं । एनआईसी एशिया बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
एनआइसी एशियाका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३२ वटै शाखाहरुबाट सहज रुपमा सूर्या लाईफ इन्स्योरेन्सको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने सम्झौतमा उल्लेख छ ।
बैंकले हाल २ सय ३२ शाखा कार्यालयहरु, २ सय २० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया