काठमाडौं । विभागिय टिम त्रिभुवन आर्मी क्लबले जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा सोमबार भएको पहिलो खेलमा आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि शर्मिला थापाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेल सकिनै लाग्दा गोल गरेकी थिइन् । जितपछि आर्मी क्लबले महत्वपूर्ण ३ अंक बटुलेको छ ।
प्रतियोगितामा आर्मी र पुलिससँगै एपीएफ, काठमाडौं र रौतहट समावेश छन् । प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया