दोस्रो अभ्यास खेलमा नेपाल पराजित

इंग्ल्याण्ड । युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पराजित भएको छ । 

इङ्ल्याण्डको क्लब सेन्ट क्रससँग भएको दोस्रो अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । 
सेन्ट क्रसका लागि जिम्मी एडम्सको सर्वाधिक ७२ रनको योगदान दिए । 

सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि एडम्सले तेस्रो विकेटका लागि फिलिक्स अर्गानसँग मिलेर ८२ रनको साझेदारी गरे । नेपालका लाािग बसन्त रेग्मी र सोमपाल कामीले समान २—२ विकेट लिन सफल भए । सन्दिप लामिछाने भने एक विकेट लिए । 

१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा मात्र १ सय ४९ रन बनाउन सक्यो ।  कप्तान पारस खड्का बिना मैदानमा उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।

नेपालका लागि अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अन्य खेलाडी उत्कृष्ट प्रर्दशन गर्न सकेनन् । आरिफ शेखले ३४ रन तथा सोमपाल कामीले अविजित १६ रन जोडे । 

इंङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक टी—२० सिरिज र नेदरल्याण्डसँगको एक दिवसीय क्रिकेट सिरिजको तयारीका लागि अहिले नेपाली टिमले  स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको छ ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २ सय ४३ रनले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?