कोलम्बो । श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको छ ।
सन् २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट श्रृंखलामा पहिलो पटक पराजित गरेको हो । दोस्रो टेस्टको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ९९ रनले पराजित गरेको हो । श्रीलंकाका लागि रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिए ।
पहिलो टेस्ट श्रीलंकाले २ सय ७८ रनले विजयी भएको थियो । जितका लागि श्रीलंकाले दिएको ४ सय ९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफिकाको टीम चौंथो दिनमा २ सय ९० रनमा समेटिएको थियो ।
१ सय ३९ रनबाट चौंथो दिनको खेल शुरु गरेको अफ्रिकाले टी डे ब्राइन र तेम्बा बावुमाले पारिलाई सम्हाल्न खोजेपनि बावुमा ६३ रनमा आउट भएका थिए ।
त्यसपछि क्विन्टन डी कक र ब्राइन पनि आउट भएपछि अफ्रिकाको पारि लडखडाएको थियो । ब्राइनले अफ्रिकाबाट यस सिरिजमा एक मात्र सतक बनाउने खेलाडीको रुपमा पारि सम्हाल्न खोजेका थिए तर हेराथले आउट गरे ।
दक्षिण अफ्रिका १२ वर्षपछि फेरि श्रीलंकासँग ‘ह्वाइट वास’ हुन पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया