अमेरिका। अमेरिकन पौडीवाज रायन लोच्टे १४ महिनासम्म कुनै पनि खेलमा सहभागि हुन नपाउने गरि प्रतिबन्धमा परेका छन् ।
१२ पटकको ओलम्पिक पदक विजेता लोच्टेले खेलका दौरान प्रतिबन्धित औषधी सेवन गरेको पाइएपछि युएस एन्टी डोपिङ एजेन्सी ‘वाडा’ले परिक्षण गरेको थियो । परिक्षणमा उनी असफल भएपछि सो प्रतिबन्ध लगाइएको हो ।
३३ वर्षे लोच्टेले ‘वाडा’ले प्रतिबन्धको सुचिमा राखेको औषधी डाक्टरको सल्लाह विपरीत आफुखुसी प्रयोग गरेको बताइएको छ ।
‘मैले डाक्टरको सल्लाहविपरित यो शक्तिबर्धक औषधी सेवन गरेको हु । म यो गल्तीलाई स्विकार गर्छु र सजाय पनि भोग्न तयार छु । मैले गरेको यो गल्तीबाट अरु खेलाडीहरुले पनि पाठ सिक्न जरुरी छ।’ उनले भने ।
यसअघि पनि लोच्टे रियो ओलम्पिकपछि १० महिनाको प्रतिबन्धमा परेका थिए । त्यतिबेला उनले ग्यास स्टेसनमा कुनै ब्यक्तिमाथि बन्दुक देखाएको आरोप लागेको थियो । अब उनीमाथि लागेको नयाँ प्रतिबन्ध २०१९ को जुलाईसम्म रहनेछ ।
लोच्टेले एथेन्स ओलम्पिकमा १ स्वर्ण र १ रजत पदक जितेका थिए भने बेइजिङ ओलम्पिकमा २ स्वर्ण र २ कास्य पदक, लण्डन ओलम्पिकमा २ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेका थिए । रियो ओलम्पिक भने १ स्वर्ण पदक जिते ।
ओलम्पिकमा ६ स्वर्ण पदक जितेका लोच्टे अर्को अमेरिकी पौडीवाच माइकल फेल्प्सपछिका सफल खेलाडीका रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया