कानून लागू गर्ने सवालमा कुनै पनि व्यक्ति वा समूहले हातहतियार सहित वाधा अवरोध गरेमा इन्काउन्टर हुने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले चेतावनी दिएका छन् ।
समग्र तुलसीपुर क्षेत्रको शान्तिसुरक्षा चुनौतीबारे कुराकानी गर्द सापकोटाले गुण्डागर्दी, नदीजन्य तथा वन पैदावारमा आधारित वस्तुहरुको अवैैध चोरी निकासी तथा तस्करी पूर्णरुपमा नियन्त्रणमा आएको बताए ।
प्रत्यक्ष जनसरोकारको विषयमा प्रहरी सकृय रहेको सापकोटाले दावी गरे ।
जुवा तथा जुवाजन्य अपराध साथै लागुऔषध ओसार पसारको लागि तुलसीपुर क्षेत्र संवेदनशील भएको भन्दै सापकोटाले प्रहरीले विशेष अभियान संचालन गरिरहेको दावी गरे ।
जुनसुकै बेला जोसुकै व्यक्तिले बोलाउँदा पनि प्रहरीको उपस्थिति हुने कुरा सापकोटाले बताए ।
नागरीकहरुको जनधनको सुरक्षाकै लागि प्रहरी अहोरात्र रुपमा खट्ने भएकाले जनमैत्री प्रहरी सेवा प्रति
ढुक्क रहन र कुनैपनि घटनाको जानकारी प्रहरीलाई दिन सापकोटाले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया