नेपाली खेलाडीको पारिश्रमिकः ‘रातभरी करायो दक्षिणा हरायो’ चौध सयले के गर्ने ?

काठमाडौं। विश्वका चर्चित खेलाडीले पाउने मासिक पारिश्रमिक र संघले दिने बोनसको कुरा समर्थकका लागि नौलो कुरा होइन ।

किनकी, सबै समर्थकले कुन खेलाडीले कति पारिश्रमिक र बोनस लिन्छन भन्ने चर्चा गरिरहनु पर्दैन । 

ठूलो प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा बस्दा उनीहरुले लिने लाखौँ रुपैयाँका बारेमा सुन्दा झनै लोभ लाग्छ । ब्राजिलका एलिस्सन इंग्लिस क्लब लिभरपुलमा आबद्ध हुँदा उनी संसारकै सबैभन्दा महंगा गोलरक्षक बने ।

उनले लिने रकम सुन्दा पत्यारै लाग्दैन । तर, उनले ६६ दशमलब ८ मिलियन पाउण्ड लिँदै यो नयाँ रेकर्ड बनाएका थिए । 

त्यस्तै, विश्वका चर्चित स्टारहरु ब्राजिलका नेयमार, क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी लगायतका खेलाडीले लिने पारिश्रमिक यति धेरै छन् की हामीलाई सुन्दा नै ‘ओहो यति धेरै रकम’ भन्ने लाग्छ । 

तर, विडम्बना नेपाली फुटबल खेलाडीले भने अहिलेसम्म त्यो सुखभोग गर्न पाएका छैनन् । क्रिकेटका सन्दिप लामिछाने बाहेक अरु खेलाडीहरुले विदेशी क्लबमा ट्रायल दिएपनि छनोट भने हुन सकेको अवस्था छैन । 

एक खेलाडी आर्थिक रुपमा सक्षम हुन के चाहिन्छ ? अवश्य यो सबैलाई थाहा भएको कुरा हो, लिग प्रतियोगिता ।

दक्षिण एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायतका देशले दैनिक १ सय अमेरिकी डलर (१० हजार रुपैयाँ) भत्ता बढाउँदा नेपालका खेलाडीहरु १४ सय रुपैयाँमा चित्त बुझाउन बाध्य छन् । 

खेलाडीको मुख्य आम्दानीको श्रोत भनेको क्लब फुटबल हो । तर, यहाँ लिग नभएको तीन वर्ष नाघिसक्यो । त्यसैले अहिले ‘ए’ डिभिजनका क्लबहरुले खेलाडीलाई अनुवन्ध गरेको छैन ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले दिने मासिक १५ हजार रुपैयाँले खेलाडीले जसोतसो गुजारा चलाइरहेका छन् । 

नेपाली खेलाडीहरु अहिले दुई वटा ठूला प्रतियोगिता एशियन गेम्स र साफ च्याम्पियनको तयारीका लागि बन्द प्रशिक्षणमा छन् । यू—२३ टिम भने भदौको पहिलो साताबाट इन्डोनेशियामा शुरु हुने १८ औँ एशियाली खेलकुदका लागि प्रशिक्षणरत छन् ।

उनीहरुले राष्ट्रिय खेलकुद परिषदले दिने दैनिक १४ सय भत्ताकै भरमा अभ्यास गरिरहेका छन् । त्यस्तै, उनीहरुले आउँदै गरेको साफ च्याम्पियनसिपका लागि पनि तयारी गरिरहेका छन् । 

‘नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जादा २५ देखि ३० प्रतिशत चाँडै बढाउने तयारी एन्फाले गरिरहेको छ ।

दक्षिण एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायतका देशले दैनिक १ सय अमेरिकी डलर (१० हजार रुपैयाँ) भत्ता बढाउँदा नेपालका खेलाडीहरु १४ सय रुपैयाँमा चित्त बुझाउन बाध्य छन् । 

त्यस्तै, अन्तराष्ट्रिय प्रतियोगिता हुदाँ पनि नेपाली खेलाडीले मासिक ७ हजार रुपैयाँ मात्र पाउँछन् ।

नेपाली टिमका कप्तान विराज महर्जनले यो विषयमा एन्फाले ध्यान दिन जरुरी रहेको बताए ।

‘खेलाडीले राष्ट्रिय टिमबाट खेलुन्जेल राम्रो सेवा सुविधा पाए भने नेपाली टिमले अझै राम्रो गर्न सक्छ । मैले पहिले भनेको थिएँ, सबै खेलाडीको आ—आफ्नो पारिवारिक समस्या हुन्छ । कति खेलाडी काठमाडौं बाहिरका छन्, यो भत्ताले उनीहरुलाई घरभाडा तिर्न पनि समस्या भइरहेको छ ।’ उनले भने । 

यता राष्ट्रिय टिमका अर्का खेलाडी अनन्त थापाले अरु एशियन राष्ट्रहरुको तुलनामा नेपालले दिने भत्ता निक्कै कम भएको बताए । 

‘एन्फामा आएको नयाँ कमिटीले अहिले राम्रो गरिरहेको छ । खेलमा चाहिने सम्पूर्ण सामाग्रीहरु, भत्ता र डाइटका लागि पनि रामै्र गरिरहेको छ ।’ गोलरक्षक विकाश कुथुले भने । 

यता, एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलाडीलाई दिँदै आइरहेको मासिक भत्ता बढाउँदै २२ हजार ५ सय रुपैयाँ पुर्याएको बताए । ‘नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जादा २५ देखि ३० प्रतिशत चाँडै बढाउने तयारी एन्फाले गरिरहेको छ ।’ उनले थपे । 

फुटबल विकासको बलियो पक्ष खेलाडी पनि हो । खेलाडीलाई आर्थिक रुपमा बलियो बनाउन एन्फाको बेलैमा ध्यान जान जरुरी रहेको छ । 

पाँच वर्षपछि पुनः लिग सुचारु

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँच वर्षपछि चर्चित लिग सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्दैछ ।

नेपाली फुटबलको मेरुदण्डका रुपमा झन्डै सात दशक सेवा पुर्‍याएको लिग रोकिने र हुने क्रम निरन्तर छ । आगामी असोज १३ गतेबाट लिग पुनः सुचारु हुन लागेको बताइएको हो ।

पाँच वर्षसम्म लिग हुन नसक्दा यसपालि कुनै क्लब रेलिगेसनमा नपर्ने बताइएको छ । करोडौंको लगानीमा महिना दिनसम्म चल्ने लिगले नयाँ च्याम्पियन त पाउँछ तर पुछारमा रहने क्लबले ‘ए’ डिभिजनकै हैसियत पनि कायम राख्नेछ ।

गत वैशाखमा सम्पन्न साधारणसभाबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा निर्वाचित एन्फाको नयाँ कार्यसमितिले असोज १३ मा लिग शुरु गर्ने घोषणा गरेको थियो । तर, लिग कहिलेसम्म चल्ने, खेल कहाँ खेलाइने र पुरस्कार राशी कति राख्ने लगायतका थुप्रै निर्णय गरिसकेको छैन । 

वि.स. २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला पुनर्निर्माण भइनसकेका कारण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान, लगनखेलको आर्मी मैदान र सशस्त्र प्रहरी बलको हलचोक मैदान लिगका सम्भावित आयोजना स्थल हुन् ।

जहाँ १४ क्लबले लिग खेल्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?