काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । माघ २४ देखि बैंकमा कायम मुकायम सीईओको जिम्मेवारी पाएका खनाललाई बैंकको सञ्चालक समितिले आज (बुधबार)देखि लागू हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनालसँग डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा काम गरेका उनीसँग सिद्धार्थ बैंकमा काम गरेको अनुभव पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया