काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्तरुपमा राजापूर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आएका व्यक्तिहरुलाई बैंकका सञ्चालक दिपक रौनियारले कृतज्ञता ज्ञापन गरे थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे ।
उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल विष्टले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया