अमेरिकी किसानलाई व्यापार युद्ध क्षतिपूर्ति १२ अर्ब दिने घोषणा

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बढदै गइरहेको व्यापार युद्धबाट हानि बेहोर्ने अमेरिकी किसानका लागि सहयोग पु-याउनका लागि १२ अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपतिले लगाएको नयाँ महशुलबाट उद्योगमा पर्ने प्रभावलाई ध्यान दिँदै यो सहयोग योजना ल्याइएको हो ।

अमेरिकाले किसानलाई अनुदन उपलब्ध गराउने र उनीहरूसँग बिक्री नभएका अन्न खरिद गर्ने योजना ल्याएको छ ।

ट्रम्पलाई मतदान गर्ने मुख्य समूह अमेरिकी किसानले ट्रम्पको महशुल बृद्धिप्रति क्रोध व्यक्त गरेका थिए ।

ट्रम्पले महशुल थप्ने नीतिबाट किसानहरूलाई फाइदा हुने र देशहरूले अमेरिकासँग नयाँ सम्झौता गर्ने बताए ।

व्यापार विवादका कारण अमेरिकालाई ११ अर्ब बराबरको घाटा भएको अमेरिकाको कृषि विभागले जनायो ।

१२अर्बसम्मको आकिस्मक राहत अनुदानका लागि अमेरिकी कंग्रेसबाट अनुमोदन गराइरहनुपर्ने आवश्यकता  हुँदैन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?