तरकारीको उचित मूल्य नपाएपछि किसानको आन्दोलन

काठमाडौं : तरकारी र कृषीउपजको उचित मूल्य नपाएको बिरोधमा कृषकहरूले काठमाडाैंस्थित कालीमाटी फलफूल तथा तरकारी  बजार विकास समितिमा प्रदर्शन गरेका छन् । 

किसानहरूले अाफुले उत्पादन गरेका उपजको उचित मूल्य माग गरेका छन्। किसानले हाल पार्इरहेको मूल्यले उत्पादनको लागत समेत नउठेको र सरकारले अायातित तरकारीलार्इ प्राथमिकता दिएको किसानहरूले गुनासो गरेका छन् । 

नेपाली किसानले उत्पादन गरेको कृषिउपज भन्दा भारतबाट अायात गर्दा सस्तो पर्ने भएपछि व्यापारीहरूले हाल नेपाली कृषकबाट तरकारीजन्य उपज किन्न छाडेका छन् । यसो गर्दा स्वदेशी उत्पादनले बजार गुमाएको किसानहरूको तर्क छ । 

नेपाली किसानले उत्पादन गरेको तरकारी भारततर्फ निर्यात गर्न रोकावट भएको किसानहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?