जुरिच । अन्तर्राष्ट्रिय फुटबल महासंघ ‘फिफा’ले चार विधाको अवार्डका लागि प्रारम्भिक मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
फिफाले आउदो सेप्टेम्बरमा हुने अवार्डका लागि उत्कृष्ट पुरुष र महिला खेलाडी तथा उत्कृष्ट पुरुष र महिला प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । रसियामा सम्पन्न फिफा विश्वकप फुटबल २०१८ तथा सिजनमा गरेको प्रदर्शनको आधारमा मनोनयन सार्वजनिक गरिएको हो ।
यता विश्वकप विजेता फ्रान्सका युवा स्टार खेलाडी केलियन एमबाप्पे, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ‘द बेस्ट फिफा प्लेयर’ उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्न सफल भएका छन् ।
पछिल्लो दुई सिजन यस उपाधि जितेका रोनाल्डो रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउँदै युभेन्ट्स पुगेका छन् । अर्जेन्टिनी फरवार्ड मेस्सीले पनि बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउने क्रममा ३४ गोल गरेका थिए ।
१९ वर्षीय फरवार्ड एमबाप्पेले फ्रान्स विश्वकप विजेता बन्दा प्रभावशाली प्रदर्शन गरेका थिए ।
मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकहरुको नामावली :
उत्कृष्ट पुरुष खेलाडी :
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, रियल म्याड्रिड र युभेन्ट्स), केभिन डे ब्राइन ( बेल्जियम र म्यानचेस्टर सिटी), एन्टोनी ग्रिजम्यान (फ्रान्स र एट्लेटिको म्याड्रिड), इडिन हजार्ड (बेल्जियम र चेल्सी), ह्यारी केन ( इंल्यान्ड र टोट्नह्याम), केलियन एमबाप्पे (फ्रान्स र पिएसजी), लियोनल मेसी (अर्जेन्टिना र बार्सिलोना), लुका मोड्रिच (क्रोएसिया र रियल म्याड्रिड), मोमहद सलाह (इजिप्ट र लिभरपुल), राफाइल भारेन (फ्रान्स र रियल म्याड्रिड)
उत्कृष्ट महिला खेलाडी :
लुसी ब्रोन्ज (इंग्ल्यान्ड र ओलम्पिक लियोनाइ), पेर्निल होर्डर (डेनमार्क र वुल्भ्सवर्ग), अदा हेगेर्वर्ग ( नर्वे र ओलम्पिक लियोनाइ), एमादिन हेनरी (फ्रान्स र ओलम्पिक लियोनाइ), समन्था केर ( अस्ट्रेलिया र स्काय ब्लुरपर्थ ग्लोरीरसिकागो रेड), साकी कुमागाइ (जापान र ओलम्पिक लियोनाइ), डिज्सेन्फेर मोराज्सान (जर्मनी र ओलम्पिक लियोनाइ), मार्ता (ब्राजिल र ओलान्डो प्राइड), मेगन रापिनोइ (अमेरिका र सिएटल रिजन), विन्डी रेनाल्ड (फ्रान्स र ओलम्पिक लियोनाइ)
उत्कृष्ट पुरुष प्रशिक्षक :
मासिमिलियानो एलिग्री ( इटाली र युभेन्ट्स), स्टनिस्लभ चेर्चेसोभ (रसिया), जेटलाट्को डालिक ( क्रोएसिया), डिडियर डेस्चाम्स (फ्रान्स), पेप ग्वार्डिओला (स्पेन र म्यानचेस्टर सिटी), जुर्गेन क्लोप (जर्मनी र लिभरपुल), रोबार्टो मार्टिनेज ( स्पेन र बेल्जियम), डिएगो सिमोन्स (अर्जेन्टिना र एट्लेटिको म्याड्रिड), गारेथ साउदगेट ( इंग्ल्यान्ड), इर्नेस्टो भाल्भार्डे ( स्पेन र बार्सिलोना), जिनेदिन जिदान (फ्रान्स र रियल म्याड्रिड)
उत्कृष्ट महिला प्रशिक्षक :
इमा हाएस ( इंग्ल्यान्ड र चेल्सी), स्टेफन लेर्च ( जर्मनी र वुल्फसवर्ग), मार्क पार्सन्स (इंग्ल्यान्ड र पोर्टल्यान्ड थोन्स), रेनान्ड पेर्डोस ( फ्रान्स र ओलम्पिक लियोनाइ), एलेन स्टाजकिक (अस्ट्रेलिया), असाको ताकाकार (जापान), भाडाओ ( ब्राजिल), जोर्गे भिल्डा (स्पेन), मार्टिना भोस टेक्लेनवर्ग (जर्मनी र स्विट्जरल्यान्ड), सारिना विग्म्यान (नेदरल्यान्ड्स)
फिफाले पहिलो चरणको मनोनयनमा परेका मध्येबाट ३ जनालाई अन्तिम मनोनयनमा राख्नेछ । अन्तिम मनोनयन सेप्टेम्बरको शुरुवातमा घोषणा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया