पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।
मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर, उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।
विस्फोटनमा परी ३१ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेमा सुरक्षाकर्मीहरु पनि रहेको बताइएको छ । अन्य कैयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उपचार सोल अस्पतालमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया