युवराज पंगाली/ सुर्खेत । डा. गोविन्द केसीको मागमा समर्थन जनाउदै नागरिक सरोकार समूह कर्णाली प्रदेशले आफुहरुको ध्यानाकर्षण भएको जनाएकोे छ ।
बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले उठाएका मागमा ऐक्यवद्धता जनाउन समूहले सबैलाई आग्रह समेत गरेको हो ।
विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रशाद दाहालले आफुहरु पार्टीको हिंसा त्यागेर भए पनि केसीको मागमा समर्थन गर्ने बताए । साथै उनीहरुले नागरिक सरोकार समूह गठन गरेको जानकारी दिए ।
डा. नवराज केसीले पछिल्लो समयमा निजी मेडिकलहरुमा विभिन्न किसिमको विकृति आएको भन्दै डा. केसीको मागमा समर्थन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रको बारेमा कुनै पनि पार्टीसंगको युद्ध नभएर जनताको माग भएको समेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया