काठमाडौं । चलचित्र ‘वर एन्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्।
मिलन चाम्सले निर्देशन गर्ने ‘वर एन्ड वधु’को शीर्ष भूमिकाका लागि साम्राज्ञी अनुबन्धित भएकी हुन्।
आँचल शर्मा र विवेक कर्माचार्य यो चलचित्रमा यसअघि नै अनुबन्धित भइसकेका छन्। साम्राज्ञीसँगै यो चलचित्रमा आँचल र विवेक शीर्ष भूमिकामा देखिनेछन्।
कमेडी र रोमान्स मिश्रित यो चलचित्र जेठबाट छायाङ्कनमा जानेछ।
‘वर एन्ड वधु’मा पुराना कलाकार किरण केसी र विजय लामा पनि अनुबन्धित भइसकेका छन्।
चलचित्र एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया