काठमाडाैं । यतिबेला मनोरञ्जन जगतमा साउथ र बलिउडबीचको बहस चलिरहेको छ । साउथ इन्डस्ट्रीका फिल्मको कलेक्सनले आकाश छुन थालेपछि बलिउड अहिले सबैको निशानामा परेको छ ।
यही विवादको बीचमा अहिले बलिउड अभिनेता अजय देवगनको फिल्म ‘रनवे ३४’ हलमा आएको छ । यस फिल्ममा अजय देवगनसँगै अमिताभ बच्चन, रकुल प्रीत सिंह र बोमन इरानी पनि देखिएका छन् ।
फिल्ममा अजय देवगनले पाइलटको भूमिका निर्वाह गरेका छन्, जसले उडानको क्रममा कठिन समयको सामना गर्छ। यो फिल्मलाई पनि दर्शकहरुले उत्सुकताका साथ पर्खिरहेका थिए । अर्कोतर्फ साउथ फिल्मले दिएको च्यालेन्जलाई अजय देवगनको फिल्मले कसरी देखाउँछ र कस्तो कमाइ गर्छ भन्ने सबैले हेर्न चाहेका छन् ।
विश्लेषकहरु के भन्छन् ?
‘रनवे ३४’ को ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । जसका कारण दर्शकहरु यो फिल्मको प्रतीक्षामा थिए र यसको प्रभाव फिल्मको पहिलो दिनको कलेक्सनमा देख्न सकिन्छ । ट्रेड एनालिस्टका अनुसार अजय देवगनको फिल्म ‘रनवे ३४’ ले पहिलो दिन राम्रो कलेक्सन गर्न सक्छ ।
ठूला चलचित्रले पहिलो दिन करिब १० करोड कलेक्सन गरेको ट्रेड विश्लेषकको भनाइ छ । तर यस पटक अजय देवगनको ‘रनवे ३४’ले ‘केजीएफ च्याप्टर २’ र ‘हिरोपन्ती २’को सामना गर्नुपर्नेछ।
पहिलो दिनको कमाइ
‘रनवे ३४’ सहित टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ पनि आजबाट हलमा रिलिज भएको छ । यति मात्र होइन, ‘केजीएफ च्याप्टर २’ले रिलिज भएको १५ दिनपछि पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ, जसको असर अजय देवगनको फिल्मको कमाइमा पर्न सक्छ ।
ट्रेड विश्लेषकका अनुसार ‘रनवे ३४’ ले पहिलो दिन ६–८ कमाउन सक्छ । पहिलो दिन योभन्दा बढी आम्दानी हुने सम्भावना देखिँदैन ।
के छ चलचित्रको कथा ?
‘रनवे ३४’ सन् २०१५ मा घटेको सत्य घटनामा आधारित चलचित्र हो । फिल्म क्याप्टेन विक्रान्त खन्नाको वरिपरि घुम्छ। अजयले फिल्ममा विक्रान्त खन्नाको भूमिका निभाएका छन्, जसको उडानले अन्तर्राष्ट्रिय गन्तव्यबाट उडान भरेपछि रहस्यमय मोड लिन्छ।
अब यो समस्याबाट अजय देवगनले कसरी आफ्नो फ्लाइट निकाल्छन्, यो फिल्म हेरेपछि मात्र थाहा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया