एजेन्सी: सामाजिक सञ्जाल कम्पनी फेसबुकको आम्दानी र उपभोक्ता संख्यामा आएको गिरावटका कारण फेसबुकको शेयरमूल्यमा २० प्रतिशत भन्दा बढीले ओरालिएको छ ।
गलत समाचार र गोपनीयतासम्बन्धी विवादमा फस्दै आएको फेसबुकले जुनको अन्त्यतिर २.२३ अर्ब सक्रिय उपभोक्ताहरू रहेको जनायो ।
सन् २०१७को जुनको अन्त्यतिर रहेको सक्रिय उपभोक्ताको संख्याको भन्दा यो संख्या ११ प्रतिशतले बढी भएको छ ।
तर यो दुई वर्ष भन्दा बढी समयमा देखिएको सबैभन्दा सुस्त बृद्धि हो ।
फेसबुकका लगानीकर्ताहरूलाई यसले पनि सतर्क गराएको छ ।
फेसबुकले आम्दानी सुस्त रहने जनाएको छ । उसले मानिसहरूले नयाँ विकल्पतर्फ आकर्षित हुन थालेको र विदेशी बजारमा कम मुनाफा भएको जनायो ।
कम्पनीले स्थितिमा सुधार ल्याउन अर्बौ अमेरिकी डलरको लगानी लगाउने योजना बनाएको छ ।
यो कम्पनीका सहयोगी कम्पनी इन्स्टाग्राम र ह्वाट्सएपले पनि भर्चुअल रियालिटी र भिडियो जस्ता नयाँ फिचरको उपयोग गर्न लगानी लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया