धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकरको लार्इसेन्स रोक्यो

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले साउन ९ गतेदेखि नयाँ मर्चेन्ट बैंक खोल्न चाहनेलार्इ लार्इसेन्स दिन बन्द गरेको छ ।

नेपालको पूँजीबजारका लागि अहिले खुलेका मर्चेन्ट बैंकहरू नै पर्याप्त रहेको जनाउँदै बोर्डले निवेदन दिएर प्रकृयामा रहेका कम्पनीहरूलार्इ मात्र प्रकृया हेरेर सञ्चालन अनुमति दिने भएको छ। तर, बैंक स्थापनाको नयाँ निवदेन भने अबदेखि लिने छैन । 

हाल नेपालमा मर्चेन्ट बैंकको संख्या पर्याप्त रहेको र थप बैंकर थप्दा अस्वस्थ प्रतिष्पर्धा हुने बोर्डले दाबी गरेको छ । 

अर्को व्यवस्था नभएसम्मका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रार अनुमति पत्रका लागि नयाँ अावेदन दर्ता स्थगन गरिएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र व्यवसायी नियमावली, २०६४ बमोजिम नेपालमा अहिले २५ वटा मर्चेन्ट बैंक खुलेका छन् । अन्य ७ कम्पनीहरूहरूले पनि स्थापनाका लागि निवदेन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?