एजेन्सी : अस्ट्रेलियाका दुई ठूला मिडिया नाइन इन्टरटेनमेन्ट र फेयरफ्याक्सबीच मर्जर हुने भएको छ ।
दुबै मिडियाले यो मर्जरपछि देशको ठूलो मिडिया बन्ने बताएका छन् ।
यो अपर्झट सम्झौताले ३ अर्ब अमेरिकी डलर बराबरको कम्पनीमा नाइन इन्टरटेनमेन्टको ५१.१ प्रतिशत शेयर हुनेछ । नयाँ व्यवसाय नाइनको रूपमा हुनेछ ।
यो सम्झौताबाट फेयरफ्याक्सका अधिकांश कामदारले असन्तुष्टि व्यक्त गरेका छन् ।
अस्ट्रेलियाको सबैभन्दा ठूलो टेलिभिजन नेटवर्कको रूपमा नाइन टेलिभिजन हो भने फेयरफ्याक्स अन्तर्गत द सिडनी मर्निग हेराल्ड, मेलबन्र्स दी एज र अस्ट्रेलियन फिनान्सियल रिभ्यू अखबारहरू रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया