एजेन्सी : अनुसन्धानकर्ताहरूलाई बृहस्पति ग्रहको चन्द्रमा ‘युरोपा’मा जैविक गतिविधिको प्रमाण खोज्न धेरै उत्खन्न गर्न नपर्ने देखिएको छ ।
युरोपाको सतहलाई थोरै मात्र खने जीवनका प्रमाणहरू फेला पर्न सक्ने देखिएको छ ।
नेचर अस्ट्रोनोमीमा प्रकाशित अनुसन्धान प्रतिवेदनको अनुसार अनुसन्धानकर्ताहरूले कठोर विकिरण भएको क्षेत्र पत्ता लगाएका छन् ।
साथै उनीहरूले ‘युरोपा’को सतहबाट २० सेन्टीमिटर वा ८ इन्च भन्दा कम खनेमा मात्रै हिमसतह फेला पर्छ ।
यसले युरोपामा भएको जीवनबारे जानकारी दिन्छ ।
युरोपा बृहस्पतिका चार ठूला चन्द्रमाहरू मध्ये एक हो ।
यसको सतह मुनि समुद्र रहेको बुझिएको छ ।
सौर्य परिवारबाट बाहिर जीवन बस्न सक्ने सबैभन्दा राम्रो ठाउँहरू मध्ये एक युरोपालाई मानिएको छ ।
साथै यहाँ घनीभूत विकिरण रहेको पनि पाइएको छ ।
युरोपाको हिमपरत भित्र जीवन राम्ररी सुरक्षित रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास छ ।
युरोपाको सतहभित्र रहेको समुद्रमा जीवजन्तु र जीवनसँग सम्बन्धित रसायनहरू हुन सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया