अाँखुखोला हार्इड्रोको ८ लाख कित्ता अार्इपीअो साउन १७ देखि

काठमाडाैं : अाँखुखोला हार्इड्रोपावर कम्पनीले साउन १७ गतेदेखि अायोजनाप्रभावित स्थानीय बासिन्दाका लागि ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्ने भएको छ ।

कम्पनीले धादिङको अाँखुखोलामा ८.४ मेगावाटको हार्इड्रोपावर निर्माण गरेको छ । कूल जारी पूँजी ८० करोड रूपैयाँ रहेको यो कम्पनीले १०% रकम बराबरको अार्इपीअो स्थानीयबासीलार्इ बेच्न लागेको हो । 

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार अायोजना प्रभावितले साउन १७ देखि साउन ३१ गतेभित्र यो शेयर भरिसक्नुपर्नेछ । अधिकतम ५० कित्तादेखि बढिमा ४ हजार कित्तासम्मका लागि अायोजना प्रभावितले अावेदन दिन सक्नेछन् । 

अाँखुको शेयर किन्न र्इच्छुक अावेदकले अायोजनास्थल त्रिपुरासुन्दरी गाउँपालिका-४, रिङ्नेबजार र धादिङवेशीस्थित मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालयमार्फत अावेदन दिन सक्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

अाँखुखोलाको शेयर प्राप्त गर्ने स्थानीयले शेयर बाँडफाँट भएको ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन । अाँखुको शेयरलार्इ र्इक्रा नेपालले ग्रेड फार्इभ रेटिङ गरेको छ । यसको अर्थ कम्पनीको अवस्था कमजोर रहेको छ । 

स्थानीयबासीलार्इ छुट्याएको शेयर बाँडफाँट भएपछि यो कम्पनीले सर्वसाधारणका लागि १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता अार्इपीअो जारी गर्ने जनाएको छ । पूँजीबजार नियामक धितोपत्र बोर्डले यो कम्पनीलार्इ असार २७ गते नै अार्इपीअो निष्काशनको अनुमति दिर्इसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?