काठमाडौँ, २८ असोज- तराई र राजधानी जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिद गर्ने भएको छ ।शुक्रबार मन्त्रिपरिषदले उक्त प्रतिवेदन खरिद गर्ने निर्णय गर्दै यसको आवश्यक पर्ने पक्ष अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा नेपाली सेनाका रथि संयोजक रहेको ‘उच्च स्तरीय निर्देशक’ समितिलाई तोकेको हो ।रथी पूर्णचन्द्र थापा निर्देशक रहेको समितिले अध्ययन गरेर आवश्यक पर्ने पक्षको मुल्य तोक्दै खरिद प्रक्रिया अघि बढाउन सक्नेछ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया