अन्तरिक्षमा महाशक्ति राष्ट्रलाई चुनौती दिने साना राष्ट्र

एजेन्सी :अन्तरिक्षमा मानिसहरूको बसोबासका लागि प्रतिस्पर्धा तीव्र भइरहेको छ ।

अन्तरिक्षका कुन ग्रह उपग्रहमा मानिसलाई बसोबास गर्न सहज हुने विषयमा वैज्ञानिकहरूले तीव्रगतिमा अध्ययन अनुसन्धान गरिरहेका छन् ।

नासाका वैज्ञानिकहरूका अनुसार चन्द्रमामा मानिस बस्ती बसाउन सकिए त्यसपछि मंगलग्रहमा मानिसको बस्ती बसाउने अभ्यास गर्न सकिन्छ ।

तर यसरी अन्तरिक्षमा मानिसहरूलाई काम दिने कम्पनीहरूमा नासा जस्तो ठूलो कम्पनी नभएर साना साना कम्पनी क्रियाशील हुन्छन् ।

साना कम्पनीहरूले मानिसलाई रोजगार दिनेछन् । यस्ता कम्पनीहरू युरोपका धेरै सानो देश लग्जम्बर्गमा हुनेछन् ।

नासाका अनुसार आगाम ४ वर्षमा चन्द्रमा मानव बस्ती बसाउन सकिनेछ । यो अवसरलाई कम्पनीहरूले गुमाउन चाहेका छ्र्रैनन् ।

यस्ता कम्पनीहरू मध्ये एक आइस्पेसका प्रमुख कार्यकारी ताकेशी हाकामाडाले यो अवसर चन्द्रमा बस्ती बसाउने नभएर त्यहाँको दुलर्भ खनिज निकाल्न पाउने अवसर पनि भएको बताए ।

आइस्पेसको प्रधान कार्यालय टोकियोमा छ तर यसले लग्जम्बर्गमा पनि कार्यालय खोलेर बसेको छ ।

२०२०सम्म चन्द्रमामा मानिसलाई पठाउने योजनामा  यो कम्पनी रहेको छ । यसबाट यो कम्पनीको क्षमता प्रदर्शन हुनेछ ।

उनी मात्रै यो अवसरको खोजीमा छैनन् । धेरै कम्पनीहरू लग्जम्बर्गमा दर्ता भएका छन् ।

अमेरिका जस्तो यस्ता कम्पनी खोल्न यहाँ कुनै शर्त राखिएको छैन् ।

५लाख भन्दा कम जनसंख्या भएको लग्जम्बर्गमा अन्तरिक्ष कम्पनी खोल्न लगानीकर्ता  आकर्षित भइरहेका छन् ।

२० करोड युरो बराबरको कोष बनाएर अन्तरिक्ष अध्ययनको काम गर्न पाउने कम्पनीलाई दर्ता गर्ने कानुन यहाँ बनाइएको थियो । लग्जम्बर्गले यो सन् २०१६मा बनाएको थियो ।

अमेरिका पछि लग्जम्बर्गले मात्रै यस्तो कम्पनी खोल्न पाउने कानुन बनाएको छ ।अमेरिकामा यस्तो कम्पनी खोल्नका लागि ५० प्रतिशत पुँजी अमेरिकी नागरिकको हुनुपर्ने प्रावधान छ ।

तर यहाँ यस्तो कुनै प्रावधान छैन् । लग्जम्बर्गमाथि कर चोरहरूको अखाडा भएको आरोप लगाउने गरिएको छ ।

प्रतिव्यक्ति आयको आधारमा विश्वको सबैभन्दा धनी देश लग्जम्बर्ग हो ।

प्यालेन्टरी रिसोर्सेज अन्तरिक्षको क्षेत्रमा काम गर्ने सबै भन्दा पुरानो नीजी कम्पनी हो ।

गुगलका संस्थापक ल्यारी पेज र भर्जिन ग्रुपका सर रिचर्ड ब्रेनसनले पनि यसमा पुँजी लगाएका छन् । तर कति लगानी रहेको छ त्यो सार्वजनिक गरिएको छ्रैन् ।

लग्जम्बर्गको अर्थव्यवस्थामा अन्तरिक्ष उद्योगको योगदन १.९ प्रतिशत रहेको छ ।

अमेरिकाले अन्तरिक्षमा उत्खनन गर्ने कानुन बनाउँदा रूसले सन् २०१५मा आपत्ति जनाएको थियो ।

१९६७मा बाह्य अन्तरिक्षको गतिविधि नियन्त्रण गर्न आउटर स्पेस ट्रिटी गरिएको थियो ।

तर हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष सेना बनाउने घोषणा गरी यो सन्धीलाई चुनौती दिएका छन् ।

यस्तो कानुन बनाउन  संयुक्त अरब इमिरेट्सले पनि लग्जम्बर्गसँग सम्झौता गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?