ब्राजिल। सन् २०२२ मा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकपमा पनि टिटेले ब्राजिली टिमलाई सम्हाल्ने भएका छन् ।
ब्राजिलसँगको नयाँ चार वर्षको सम्झौता नविकरण गरेका टिटे सन् २०२२ सम्म ब्राजिलमा नै रहने भएका हुन् । ५७ वर्षे टिटले सन् २०१६ मा ब्राजिली टिममा प्रशिक्षकमा रुपमा आवद्ध भएका थिए ।
भर्खरै रसियामा सम्पन्न विश्वकपमा उनले नेतृत्व गरेको ब्राजिल क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
त्यतिबेला पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको थियो । प्रशिक्षक टिटेले ब्राजिली टिमलाई पुनः सम्हाल्न पाउँदा निक्कै खशी लागेको बताए ।
यता ब्राजिल फुटबल संघले फुटबलको दीर्घकालिन बिकास योजना बनाएकाले प्रशिक्षक फेर्नुको साटो अनुभवी प्रशिक्षक टीटेलाई जिम्मेवारी दिनु ठीक लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया