आइएमई जनरल इन्स्योरेन्सद्वारा थप दुई शाखा विस्तार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा थप दुई शाखा कार्यालय विस्तार गरेको छ । 

टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले साउन ९ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन गर्दै सिइओ श्रेष्ठले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । यस आर्थिक बर्ष २०७५–०७६ मा थप १२ शाखाहरु सञ्चालनमा ल्याउने बताए ।

आइएमई जनरलले ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दे आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?